मुख्यमन्त्री शंकर पोखरेल सहित नेकपाका नेताको गुलरियामा जमघट

कार्यालय प्रमुख सगँ मुख्यमन्त्रीको भेटघाट

सम्बाददाता, बर्दिया
०४ भदौं २०७६ ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल आज बर्दिया पुग्नुभएको छ । राजनितिक भेटघाट तथा अन्य विभिन्न कार्यक्रममा सहभागी हुने गरी उहाँ बर्दिया पुग्नुभएको हो ।

 

त्यसै क्रममा मुख्यमन्त्री पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बर्दिया जिल्ला कमिटी द्धारा आयोजित पार्टी कार्यकर्ता र जनप्रतिनिधिहरु बीचको २ दिने अन्र्तक्रिया कार्यक्रमको उद्दघाटन गर्नुभएको छ । उहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा ५ नम्बर प्रदेश इन्चार्ज पनि हुनुहुन्छ ।

‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा दिईएको कार्यक्रममा केन्द्रिय सदस्य तथा ५ नम्बर प्रदेश अध्यक्ष ओनसरि घर्ति मगर, केन्द्रिय सदस्य तथा ५ नम्बर प्रदेश सचिव जग प्रसाद शर्मा (अपार), केन्द्रिय सदस्य लक्ष्मण ज्ञवाली र ५ नम्बर प्रदेशका सांसद समेत रहनुभएका तिलकराम शर्मा (हिमाल) लगायतका नेताहरु सहभागी हुनुभएको छ ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बर्दिया जिल्ला अध्यक्ष भवन कुमार थारुको अध्यक्षतामा शुरुभएको कार्यक्रम भोली (भदौ ५ गते) सकिने छ । आज पहिलो दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बर्दियाबाट निर्वाचित नगरप्रमुख, गाउँपालिका प्रमुख, प्रदेश सभा सदस्यहरुले हाल सम्म आफुले गरेका र अब गर्ने कार्यक्रम तथा योजना बारे जानकारी गराउनुभएको युवा नेता गेहेन्द्र ढकालले जानकारी दिनुभयो ।

नेता ढकालका अनुसार भोली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बर्दियाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका नेताहरुले आफ्ना योजना राखेपछि पार्टी जिल्ला समिती सदस्यहरु बाट समेत सुझाव लिने कार्यक्रम तय भएको छ । समग्र बर्दिया जिल्लाको आगामी योजना बनाउदै प्रशिक्षण समेत गरिने जनाईएको छ ।

 

एउटा अर्को खबर अनुसार प्रदेश नंम्बर ५ का मुख्य मन्त्री शंकर पोख्रेलले बर्दिया जिल्लामा कार्यरत सबै कार्यालय प्रमुखहरू सँग भेटघाट गरी आवाश्यक निर्देशन पनि दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले गुलरिया नगरपालिका भित्र पर्ने सडकको बारेमा पनि चासो राख्दै स्थानिय जनताको असहयोगकै कारण सडक बन्न नसकेको बताउनुभएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

निर्वाचन आचारसंहिता लागू, के गर्न पाइन्छ ? के गर्न पाईंदैन ?

काठमाण्डौ । निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

SITENAME

समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक (सूचीसहित)

काठमाण्डौ । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दलबाट पेश भएका समानुपातिक तर्फका तीन हजार २ सय १३ जना

SITENAME

जनसंख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन

काठमाडौं । निर्वाचन आयोगले जनसंख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र,