काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानै भूकम्पको धक्का महसूस
काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसूस भएको छ ।
नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जेलाई केन्द्रविन्दु बनाएर पाँच म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो भूकम्प बिहान चार बजेर पाँच मिनेटमा गएको हो । भूकम्पको सामान्य धक्का महसूस गरिएको हो ।
यसअघि गएको चैत २१ गते जाजरकोटको पैंक केन्द्रविन्दु बनाएर पाँच दशमलव पाँच म्याग्निच्युडको भूकम्प गएको थियो । यो भूकम्पका कारण केही घरमा क्षति पुगेको थियो ।

नेपालगञ्जका टुर्स एण्ड ट्राभल्स इजाजत नलिएरै सञ्चालन
नेपालगञ्ज । नेपालगञ्जका टुर्स एण्ड ट्राभल्सहरुको अनुगमन गरिएको छ । पर्यटन डिभिजन कार्यालय कोहलपुरले टुर्स एण्ड ट्राभल्सहरुको अनुगमन गर्न सुरु

नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली
नेपालगन्ज । अर्थमन्त्री रामेश्वर खनालले मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन गरिएपछि अवाञ्छित क्रियाकलाप रोकिने बताउनु भएको छ । आइसिपी

भेरी अस्पतालमा नवजात शिशुको सिकलसेल एनिमिया जाँच गर्ने मेसिन जडान
नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा नवजात शिशुको सिकलसेल एनिमिया तथा थालसिमिया जाँच गर्ने मेसिन जडान गरिएको छ । 'एचपीएलसी' नामको यो





प्रतिकृया दिनुहोस