लकडाउन भन्दा टेष्ट, जनशक्ति, स्वास्थ्य उपकरण ब्यवस्थापनमा जोड गरौं : डाक्टर राजेश कुमार मन्डल

संवाददाता, नेपालगंज
०२ बैशाख २०७८ । 

भेरी अस्पताल नेपालगंजमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डाक्टर राजेश कुमार मन्डलले कक्षा ५ सम्मका बालबालिकाहरुको विदा गरी सोभन्दा माथील्लो कक्षामा स्वास्थ्य सुरक्षा सावधानी अपनाउदै कक्षा संञ्चालन गर्न सकिने विचार ब्यक्त गर्नुभएको छ ।

 

रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्ज सँग कुराकानी गर्नुहुदै डाक्टर राजेशले भन्नुभयो, ‘एउटा बेन्चमा दुई जना मात्र राख्न सकिन्छ, मास्क, सेनिटाइजरको प्रयोग, सरसफाई र आउजाउका बेला पनि सुरक्षा सावाधानी अपनाउनु पर्छ । यदी सकिन्न भने त पुरै विद्यालय बन्द गर्नु नै उचित हुन्छ ।’

 

डाक्टर राजेशले लकडाउन तत्काल गरिहाल्नु पर्ने अवस्था नभएको तर अस्पताल र स्वास्थ्य संस्थामा आवाश्यक जनशक्ति र स्वास्थ्य सामाग्री, उपकरणहरुको परिपुर्तिमा ध्यान दिन संम्बन्धित सरोकारवाला निकायलाई सल्लाह दिनुभयो ।

 

कोरोना जाँच (टेष्ट) को कामलाई बढाउने, आइसोलेशन सेन्टरहरु स्थापना गर्र्ने, अक्सिजन चाहिनेलाई मात्र अस्पताल र नचाहिनेलाई कम्युनिटी आइसोलेसन सेन्टर, अथवा होम आइसोलेशनमा राख्ने ब्यवस्था मिलाउने, मानिसहरुको अनावश्यक आउजाउलाई कम गर्नुपर्ने उहाँको भनाई छ ।

 

कोभिड–१९ बिरुद्धको खोप लगाएका ब्यक्तिहरुलाई समेत कोरोनाको संक्रमण देखिएकाले विगतमा जस्तै फेरी पनि सुरक्षा सावधानी अपनाउनु बाहेक अर्को विकल्प नभएको डाक्टर राजेशले बताउनुभयो ।

 

सुन्ने खबरका लागी साथी प्रेम विश्वकर्माले भेरी अस्पताल नेपालगंजमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डाक्टर राजेश कुमार मन्डल सँग गर्नुभएको स्वास्थ्य बिशेष कुराकानी सुनौं अबको पालोमा...


कोभिड १९ बिशेष कुराकानी  सुन्न यहाँ जानुहोस  

https://anchor.fm/nepaliyourpartner/episodes/---_Dr-Rajesh-Kumar-Mandal-euurcu

प्रतिकृया दिनुहोस
SITENAME

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

काठमाण्डौ । गएको भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति भएको तथ्याँक

SITENAME

सरकार र नवयुवाका प्रतिनिधिबीच भएको सम्झौताको मुलभूत विशेषता

काठमाण्डौ । जेनजी अर्थात नवयुवाको प्रदर्शनका क्रममा उठाएका मुलभूत मुद्दा मागहरू समयमै कार्यान्वयन गर्दै लैजाने सन्दर्भमा नेपाल सरकार र नवयुवाका

SITENAME

नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली

नेपालगन्ज । अर्थमन्त्री रामेश्वर खनालले मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन गरिएपछि अवाञ्छित क्रियाकलाप रोकिने बताउनु भएको छ ।   आइसिपी