पर्यटन विकासका लागी नीजि क्षेत्र पनि लाग्नु पर्छ : प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाह

संवाददाता, नेपालगंज
१६ भदौ २०७९ ।

पर्यटन विकासका लागी नीजि क्षेत्रले सहकार्य गर्न नचाहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले बताउनुभएको छ ।

 

रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्ज सँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘टाढाको कुरा के गर्नु यही बर्दियामा पर्यटन विकासका लागी नीजि क्षेत्र आफै लागेका छन । बाँकेमा त्यसो देखिदैन ।’

 

उहाँले बाँके राष्ट्रिय निकुञ्ज संम्भावनाले भरीपूर्ण एउटा पर्यटनको क्षेत्र भएकाले यस तर्फ नीजि क्षेत्रको पनि लगानी, ध्यान केन्द्रित गर्दा उपलब्धी पूर्ण नै हुने बताउनुभयो ।

 

प्रमुख संरक्षण अधिकृत शाहले आन्तरिक र बाह्य पर्यटकको आकार्षण बढ्ने खालको पूर्वाधार निर्माण तथा वन जंगल, जीवजन्तुको अवलोकन लागी निकुञ्जले ब्यवस्था मिलाउने प्रयास गरिरहेको जानकारी दिनुभयो ।

२५ वटा बाघ रहेको बाँके राष्ट्रिय निकुञ्जमा अहिले पाँच, छ वटा हात्तिको झुन्ड रहेको अनुमान छ । निकुञ्जको चालु आर्थिक बर्ष २०७९-०८० का लागी साढे ११ करोड रुपैयाँ बजेट छ भने गत आर्थिक बर्ष २०७८-०७९ मा साढे १० करोड रुपैयाँ बजेट रहेको थियो ।

 

बितेका दुई बर्षको अवधिमा मानव बन्यजन्तु विच द्धन्द्धका बाँके र बर्दियामा ३२ वटा घटना घटेका छन । जसमध्ये ३१ वटा घटना बनजंगल क्षेत्र र एउटा मात्र घटना राजमार्गमा भएको हो । बाँके देशकै कान्छो राष्ट्रिय निकुञ्ज हो ।

 

निकुञ्ज स्थापना भएदेखी हालसम्म ९१ वटा वन्यजन्तु सँग संम्बन्धित विभिन्न मुद्धाहरु दर्ता गरिएको छ । गत आर्थिक बर्षका मात्रै ५ वटा मुद्धा छन ।

 

चोरीशिकार लगायतको आरोपमा मुद्धा खेप्ने ब्यक्तिहरु भने नेपाली नागरिकहरु नै हुन । अदालत पुगेका बाहेक अधिकांश मुद्धाहरु किनारा लगाई सकिएको बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

काठमाण्डौ । गएको भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति भएको तथ्याँक

SITENAME

सरकार र नवयुवाका प्रतिनिधिबीच भएको सम्झौताको मुलभूत विशेषता

काठमाण्डौ । जेनजी अर्थात नवयुवाको प्रदर्शनका क्रममा उठाएका मुलभूत मुद्दा मागहरू समयमै कार्यान्वयन गर्दै लैजाने सन्दर्भमा नेपाल सरकार र नवयुवाका

SITENAME

नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली

नेपालगन्ज । अर्थमन्त्री रामेश्वर खनालले मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन गरिएपछि अवाञ्छित क्रियाकलाप रोकिने बताउनु भएको छ ।   आइसिपी