जानकीमा मध्यराती डाका चोरी र लुटपाट

राज कुमार चौधरी, नेपालगंज
२४ फागुन २०८० ।

बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ रुद्रपुर नयाँबस्तीमा बुधबार मध्यराती डाका चोरी, लुटपाट भएको छ । लुटेराहरुको समूहको आक्रमणमा परी स्थानीय ४० बर्षिय सन्तोष कठरियाको मृत्युभएको हो । उहाँको श्रीमति घाईते हुने हुनुभएको छ ।

 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले डाका, चोरी, लुटपाटमा समलग्न भएकाहरुको खोजतास, अनुसन्धान भईरहेको बताउनुभयो । लुटेराको समूहले केही थान गरगहना र मोबाइल, नगद लुटेर लगेको पीडितले बताएका छन ।

 

यसैबीच, बर्दियाको बढैयाताल गाउँपालिका नेपाली काग्रेंसका सभापति भगत नेपाली माथि अज्ञात समूहले आक्रमणको प्रयास गरेको छ । स्थानीय मानझुन्डी समुदायिक वनको बाटो भएर घरदेखी नेपालगंज तर्फ आउदै गर्दा बिहान ५ बजे मोटरसाइकल रोकेर उहाँ माथि आक्रमणको प्रयास भएको हो ।

 

अज्ञात समूहको आक्रमणबाट बच्न मोटरसाइकल छोडेर भाग्दै गर्दा घाईते हुनुभएका भगत नेपालीको अहिले नेपालगंजमा उपचार भईरहेको छ । भगत नेपाली मध्यपश्चिम बहुमुखी क्याम्पस नेपालगंज, बाँकेका क्याम्पस प्रमुख समेत हुनुहुन्छ । यी दुबै घटनामा समलग्न भएकाहरुको खोजी गरी कडा कारबाहीको माग गरिएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

नेपालगञ्जका टुर्स एण्ड ट्राभल्स इजाजत नलिएरै सञ्चालन

  नेपालगञ्ज । नेपालगञ्जका टुर्स एण्ड ट्राभल्सहरुको अनुगमन गरिएको छ । पर्यटन डिभिजन कार्यालय कोहलपुरले टुर्स एण्ड ट्राभल्सहरुको अनुगमन गर्न सुरु

SITENAME

नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली

नेपालगन्ज । अर्थमन्त्री रामेश्वर खनालले मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन गरिएपछि अवाञ्छित क्रियाकलाप रोकिने बताउनु भएको छ ।   आइसिपी

SITENAME

भेरी अस्पतालमा नवजात शिशुको सिकलसेल एनिमिया जाँच गर्ने मेसिन जडान

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा नवजात शिशुको सिकलसेल एनिमिया तथा थालसिमिया जाँच गर्ने मेसिन जडान गरिएको छ ।   'एचपीएलसी' नामको यो