बढ्दो अपराधिक घटना प्रति बाँकेका मानवअधिकारकर्मीहरुको गम्भिर ध्यानाकर्षण
प्रेम विश्वकर्मा, नेपालगंज
२० चैत २०८० ।
बाँके जिल्लामा एक पछि अर्को गरी भएका विभिन्न अपराधिक घटनाले आम नागरिकहरुको शान्ति सुरक्षामा खलल् पुगेको भन्दै मानवअधिकारकर्मीले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन ।
पछिल्ला दिनमा लगातार घटेका घटनाले आम नागरिकहरुको बाँच्न पाउने नैसर्गिक अधिकारमा खलल् पुगेको भन्दै मानवअधिकारकर्मीहरुले एक अपिल मार्फत सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएका हुन ।
नेपालगंज २१ मा भएको हत्या, खजुरामा भएको घटना, होली पर्वका बेला भएका झडप लगायतका घटना तर्फ ध्यानाकर्षण गराउदै अपिलमा भनिएको छ, ‘राज्यका तर्फबाट शान्ति सुरक्षाको जिम्मेवारी लिएका स्थानीय प्रहरी प्रशासनले आम नागरिकहरुको शान्ति सुरक्षा प्रति चनाखो हुन, र अपराधिक घटनामा सम्लग्न ब्यक्ति, समूहको पहिचान गरी कानुनी दायरामा ल्याई पीडकलाई कारबाही र पीडितलाई न्याय दिन हामी अपिल गर्दछौं ।’
अपिल यस्तो छ, हेर्नुहोस ।

सम्बन्धित समाचार :

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
काठमाण्डौ । गएको भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति भएको तथ्याँक

सरकार र नवयुवाका प्रतिनिधिबीच भएको सम्झौताको मुलभूत विशेषता
काठमाण्डौ । जेनजी अर्थात नवयुवाको प्रदर्शनका क्रममा उठाएका मुलभूत मुद्दा मागहरू समयमै कार्यान्वयन गर्दै लैजाने सन्दर्भमा नेपाल सरकार र नवयुवाका

नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली
नेपालगन्ज । अर्थमन्त्री रामेश्वर खनालले मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन गरिएपछि अवाञ्छित क्रियाकलाप रोकिने बताउनु भएको छ । आइसिपी





प्रतिकृया दिनुहोस