एसपीले दिएको धम्की प्रति बाँकेका पत्रकारका संगठनको गम्भीर ध्यानाकर्षण
छानबिन प्रकृया अगाडी बढेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको भनाईं
संवाददाता, नेपालगंज
२३ चैत २०८० ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई समाचार प्रकाशनको बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहराले दिएको धम्कीप्रति बाँकेका विभिन्न पत्रकारका संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपाल प्रेस युनियन बाँके, प्रेस चौतारी नेपाल बाँके, प्रेस सेन्टर नेपाल बाँके, प्रगतीशिल पत्रकार संघ बाँकेले आज संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
यता नेपाल पत्रकार महासंघ बाँके शाखाले पनि आज प्रेस बिज्ञप्ती जारी गरी एसपीको धम्की प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक सुवाश चन्द्र बोहोरा लगायत अन्य प्रहरी कर्मचारीहरुको बारेमा स्थानिय संचार माध्यम तथा सामाजिक संजालमा प्रकाशन भएका समाचार र विभिन्न टिकाटप्पणीहरुका सम्बन्धमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले विशेष ध्यानाकर्षण भएको जनाएको छ ।
सो सम्बन्धमा छानबिन गरी सत्यतथ्य बुझ्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेतको अध्यक्षतामा छानबिन समिति गठन भई छानबिन प्रकृया अगाडी बढेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।


भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
काठमाण्डौ । गएको भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति भएको तथ्याँक

सरकार र नवयुवाका प्रतिनिधिबीच भएको सम्झौताको मुलभूत विशेषता
काठमाण्डौ । जेनजी अर्थात नवयुवाको प्रदर्शनका क्रममा उठाएका मुलभूत मुद्दा मागहरू समयमै कार्यान्वयन गर्दै लैजाने सन्दर्भमा नेपाल सरकार र नवयुवाका

नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली
नेपालगन्ज । अर्थमन्त्री रामेश्वर खनालले मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन गरिएपछि अवाञ्छित क्रियाकलाप रोकिने बताउनु भएको छ । आइसिपी





प्रतिकृया दिनुहोस