चीनमा  निजी क्षेत्रको व्यवसायमा उल्लेखनीय वृद्धि

तस्बिर : एजेन्सी

एजेन्सी । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ । सन् २०२५ अर्थात यो वर्षको  मार्चसम्म चीनमा पाँच करोड ७० लाखभन्दा बढी निजी व्यवसायहरू दर्ता भएका छन्, जुन देशभरका कुल व्यवसायहरूको ९२ दशमलव ३ प्रतिशत हो ।

 

वर्षको पहिलो त्रैमासिकमा मात्रै १९ लाख ९९ हजार नयाँ निजी कम्पनीहरू स्थापना भएका छन् । यो अघिल्लो वर्षको तुलनामा ७ दशमलव १ प्रतिशतले बढी हो । तीमध्ये ४० प्रतिशतभन्दा बढी व्यवसायहरू प्रविधि, नयाँ उत्पादन र व्यापार मोडलसँग सम्बन्धित छन् ।

 

डिजिटल अर्थतन्त्रको क्षेत्रमा उल्लेखनीय वृद्धि देखिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ  । जनवरीदेखि मार्चसम्म दुई लाख ७४ हजार नयाँ डिजिटल सम्बन्धित निजी कम्पनीहरू दर्ता भएका छन्, जुन पहिलो त्रैमासिकका कुल नयाँ कम्पनीहरूको १३ दशमलव ९ प्रतिशत हो ।

 

चीन सरकारले नीति, कानून तथा संवादमार्फत निजी क्षेत्रलाई थप सशक्त बनाउन पहल गरिरहेको छ । यसले देशको निजी क्षेत्रलाई नवप्रवर्तन, रोजगारी र समग्र आर्थिक वृद्धिको मुख्य आधार बनाइरहेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

स्पेनमा दुईवटा रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको ज्यान गयो, ७३ जना घाइते

एजेन्सी । स्पेनको दक्षिणी भागमा हिजो बेलुकी दुई वटा तीव्रगतिको रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ७३ जना यात्रु गम्भीर घाइते

SITENAME

एशियाली देशहरूमा उच्च आयात कर लगाउने मेक्सिकोको निर्णय

एजेन्सी । मेक्सिकोले आफूसँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए) नभएका भारत, चीन, थाइल्यान्ड र इन्डोनेशियाजस्ता एशियाली देशहरूका झन्डै १ हजार ४ सय

SITENAME

रुसबाट तेल आयात गर्ने विषयमा अमेरिका र युरोपेली सङ्घलाई भारतको कडा जवाफ

एजेन्सी । भारतले रुसबाट तेल आयात गर्ने विषयमा अमेरिका र युरोपेली सङ्घ (ईयू) बाट उठाइएको प्रश्नहरूप्रति आधिकारिक जवाफ दिएको छ ।   भारतीय विदेश