अफगानिस्तानको सीमाबाट पाकिस्तान प्रवेश गर्न खोज्ने ५४ जना मारिएका पाकिस्तानको दाबी

तस्बिर : एजेन्सी

एजेन्सी । अफगानिस्तानको उत्तरपश्चिमी सीमा हुँदै अवैध रूपमा पाकिस्तान प्रवेश गर्ने प्रयास गरिरहेका ५४ जना आतङ्ककारी मारिएको पाकिस्तान सेनाले दाबी गरेको छ । गएको शुक्रवारदेखि हिजो आइतवारसम्म खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षाबलले सीमा पार गर्न खोजिरहेको एउटा ठूलो समूहको गतिविधि पहिचान गरेको थियो ।

 

सेनाले यो समूह विदेशी शक्तिहरूको निर्देशनमा पाकिस्तानभित्र उच्चस्तरीय आतङ्ककारी गतिविधि सञ्चालन गर्ने उद्देश्यले प्रवेश गर्न खोजिरहेको बताएको अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

 

पाकिस्तानले सन् २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किएयता आफ्ना भूमिमा आक्रमण गर्दै आएका सशस्त्र समूहहरू अफगान भूमिमा लुकेर बसेको आरोप लगाउँदै आएको छ, जुन अफगान सरकारद्वारा अस्वीकार हुँदै आएको छ ।

 

पाकिस्तानी सरकारले अफगान सरकारलाई आतङ्कवादी समूहहरूलाई नियन्त्रणमा लिन पटक–पटक आग्रह गर्दै आएको भए पनि अफगान पक्षले त्यस्ता बेवास्था गरिरहेको पाकिस्तानको भनाइ छ । 

प्रतिकृया दिनुहोस
SITENAME

स्पेनमा दुईवटा रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको ज्यान गयो, ७३ जना घाइते

एजेन्सी । स्पेनको दक्षिणी भागमा हिजो बेलुकी दुई वटा तीव्रगतिको रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ७३ जना यात्रु गम्भीर घाइते

SITENAME

एशियाली देशहरूमा उच्च आयात कर लगाउने मेक्सिकोको निर्णय

एजेन्सी । मेक्सिकोले आफूसँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए) नभएका भारत, चीन, थाइल्यान्ड र इन्डोनेशियाजस्ता एशियाली देशहरूका झन्डै १ हजार ४ सय

SITENAME

रुसबाट तेल आयात गर्ने विषयमा अमेरिका र युरोपेली सङ्घलाई भारतको कडा जवाफ

एजेन्सी । भारतले रुसबाट तेल आयात गर्ने विषयमा अमेरिका र युरोपेली सङ्घ (ईयू) बाट उठाइएको प्रश्नहरूप्रति आधिकारिक जवाफ दिएको छ ।   भारतीय विदेश