श्रीलङ्काको पुलिसलाई हराउँदै हेल्प नेपाल काभा च्याम्पियन लिगको तेस्रो स्थान हात पार्न सफल
काठमाण्डौ । श्रीलङ्काली पुलिसलाई पराजित गर्दै हेल्प नेपालले काभा च्याम्पियन लिगमा तेस्रो स्थान हात पारेको छ । तेस्रो स्थानका लागि भएको खेलमा हेल्प नेपालले ३–१ को सेटमा जीत हात पारेको हो ।
अस्ति भएको लिग चरणको अन्तिम खेलमा पनि हेल्प नेपालले श्रीलङ्काली पुलिसलाई ३–० को सेटमा पराजित गरेको थियो । तर, कीर्गिस्तान बिश्केकसँग समान अङ्क ११ भए पनि सेटको २ सेटले पछि पर्दा आधारमा हेल्प नेपाल फाइनल पुग्न चुकेको थियो ।
हिजो हेल्प नेपालले पहिलो सेट २५–२० ले जित्यो । अर्को सेट पनि २५–१५ ले सहजै आफ्नो बनायो । तर, तेस्रो सेट २०–२५ ले गुमाएपछि दबावमा परेको थियो । चौथो सेटमा पुनरागमन गर्दै हेल्प नेपाल २५–२१ ले विजयी भयो ।

भारतलाई हराउँदै एकदिवसीय शृंखला न्युजिल्यान्डले जित्यो
काठमाण्डौ । न्युजिल्यान्डले तेस्रो तथा अन्तिम खेलमा भारतलाई ४१ रनले हराउँदै एकदिवसीय शृंखला जितेको छ । न्युजिल्यान्डले २–१ ले शृंखला आफ्नो

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक पदका लागि विज्ञापन आह्वान
काठमाण्डौ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक पदका लागि विज्ञापन आह्वान भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबार मुख्य

रोहित कुमार पौडेलको कप्तानीमा टप इण्ड सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा
काठमाण्डौ । अस्ट्रेलियामा अर्को हप्ता शुरू हुने टप इण्ड टी– २० सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले





प्रतिकृया दिनुहोस