भोकमरीले गाजावासी थलिँदै गएको सयभन्दा बढी समूहहरूको चेतावनी

काठमाडौं । एक सयभन्दा बढी अन्तर्राष्ट्रिय सहायता संगठनहरू र मानव अधिकार समूहहरूले गाजामा ठूलो मात्रामा भोकमरीको चेतावनी दिँदै सरकारलाई कारबाहीको दबाब दिएका छन् । 

 

मेडिसिन्स साइन्स फ्रन्टियर्स ९एमएसएफ०, सेभ द चिल्ड्रेन र अक्सफामलगायत सहायता संगठनहरूले संयुक्त वक्तव्यमा हस्ताक्षर गर्दै उनीहरूका सहकर्मीहरू र उनीहरूले सेवा गर्ने मानिसहरू कमजोर बन्दै गएको बताएका छन् ।

 

गाजाका सबै क्षेत्रमा आपूर्तिहरूको प्रवेशलाई नियन्त्रण गर्ने इजरायलले भने ती संगठनहरूको वक्तव्यलाई अस्वीकार गरेको छ । उसले उनीहरूलाई हमासको पक्षमा प्रचार र प्रोपोगान्डा गरेको आरोप लगाएको छ ।

 

एक सयभन्दा बढी अन्तर्राष्ट्रिय सहायता संगठनहरू र मानव अधिकार समूहहरूको यो चेतावनी गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा कुपोषणका कारण थप १० प्यालेस्टाइनीहरूको मृत्यु भएको बताएसँगै आएको हो ।

 

पूरा समाचार पढ्नुहोस् 

प्रतिकृया दिनुहोस
SITENAME

स्पेनमा दुईवटा रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको ज्यान गयो, ७३ जना घाइते

एजेन्सी । स्पेनको दक्षिणी भागमा हिजो बेलुकी दुई वटा तीव्रगतिको रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ७३ जना यात्रु गम्भीर घाइते

SITENAME

एशियाली देशहरूमा उच्च आयात कर लगाउने मेक्सिकोको निर्णय

एजेन्सी । मेक्सिकोले आफूसँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए) नभएका भारत, चीन, थाइल्यान्ड र इन्डोनेशियाजस्ता एशियाली देशहरूका झन्डै १ हजार ४ सय

SITENAME

रुसबाट तेल आयात गर्ने विषयमा अमेरिका र युरोपेली सङ्घलाई भारतको कडा जवाफ

एजेन्सी । भारतले रुसबाट तेल आयात गर्ने विषयमा अमेरिका र युरोपेली सङ्घ (ईयू) बाट उठाइएको प्रश्नहरूप्रति आधिकारिक जवाफ दिएको छ ।   भारतीय विदेश