भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए
काठमाण्डौ | भारतको राजधानी नयाँ दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ ।
दिल्ली विमानस्थलबाट एनओसीविना कुवेत जान लागेका महिलाहरूलाई नेपाली दूतावाससँगको समन्वयमा स्थलमार्ग हुँदै गएराति रूपन्देही पुर्याइएको छ ।
ती महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । महिलाहरूलाई त्यहाँबाट काठमाण्डौ ल्याइँदैछ ।
गृहमन्त्री रमेश लेखकले फर्काइएका महिलाहरूको विषयमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ ।
गृहमन्त्री लेखकले मानव बेचबिखन ब्युरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्री लेखकले वैदेशिक रोजगारीमा अवैध रूपमा जाने विषयको गहन अनुसन्धान गर्न निर्देशन दिनुभएको हो ।

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
काठमाण्डौ । गएको भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति भएको तथ्याँक

सरकार र नवयुवाका प्रतिनिधिबीच भएको सम्झौताको मुलभूत विशेषता
काठमाण्डौ । जेनजी अर्थात नवयुवाको प्रदर्शनका क्रममा उठाएका मुलभूत मुद्दा मागहरू समयमै कार्यान्वयन गर्दै लैजाने सन्दर्भमा नेपाल सरकार र नवयुवाका

नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली
नेपालगन्ज । अर्थमन्त्री रामेश्वर खनालले मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन गरिएपछि अवाञ्छित क्रियाकलाप रोकिने बताउनु भएको छ । आइसिपी





प्रतिकृया दिनुहोस