भारत र बेलायत बीच ऐतिहासिक व्यापार सम्झौता
एजेन्सी । तीन वर्षको वार्तापछि भारत र बेलायतबीच बहुप्रतिक्षित मुक्त व्यापार सम्झौता (एफटीए) सम्पन्न भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री किएर स्टार्मरको उपस्थितिमा यो महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको बीबीसी हिन्दीले जनाएको छ ।
भारतीय प्रधानमन्त्री मोदी अहिले बेलायतको भ्रमणमा हुनुहुन्छ । उहाँको यो प्रधानमन्त्रीको रूपमा बेलायतको चौथो भ्रमण हो ।
प्रधानमन्त्री मोदीले यो सम्झौतालाई ‘साझा समृद्धिको योजना’ बताउँदै भारतीय वस्त्र, जुत्ता, गहना, समुद्री खाना, इञ्जिनियरिङ्ग र प्रशोधित कृषि वस्तुहरू बेलायती बजारमा अब अझ सजिलै पुग्ने बताउनुभयो । उहाँका अनुसार, यसले भारतका किसान, माछा पालन व्यवसायी तथा साना उद्योगहरूलाई विशेष लाभ दिनेछ ।
बेलायतबाट भारतमा आउने वस्तुहरूमध्ये ह्विस्की, चकलेट, बिस्कुट, मासु, कार, एअरोस्पेस उपकरण, मेडिकल डिभाइसहरूमा अब कर घट्नेछ, त्यसले ती सामान... पूरा समाचार पढ्नुहोस

स्पेनमा दुईवटा रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको ज्यान गयो, ७३ जना घाइते
एजेन्सी । स्पेनको दक्षिणी भागमा हिजो बेलुकी दुई वटा तीव्रगतिको रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ७३ जना यात्रु गम्भीर घाइते

एशियाली देशहरूमा उच्च आयात कर लगाउने मेक्सिकोको निर्णय
एजेन्सी । मेक्सिकोले आफूसँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए) नभएका भारत, चीन, थाइल्यान्ड र इन्डोनेशियाजस्ता एशियाली देशहरूका झन्डै १ हजार ४ सय

रुसबाट तेल आयात गर्ने विषयमा अमेरिका र युरोपेली सङ्घलाई भारतको कडा जवाफ
एजेन्सी । भारतले रुसबाट तेल आयात गर्ने विषयमा अमेरिका र युरोपेली सङ्घ (ईयू) बाट उठाइएको प्रश्नहरूप्रति आधिकारिक जवाफ दिएको छ । भारतीय विदेश





प्रतिकृया दिनुहोस