नेपालमा डिजिटल कारोबारमा महिलाको सहभागिता न्यून
काठमाण्डौ । नेपालमा ५८ प्रतिशत पुरुष र ३६ प्रतिशत महिलाले डिजिटल कारोबार गर्ने गरेको पाइएको छ ।
विश्व बैंकले हिजो सार्वजनिक गरेको प्रतिवेदन ‘ग्लोबल फिन्डेक्स २०२५’ अनुसार नेपालमा डिजिटल भुक्तानी सेवा लिने महिला र पुरुषबीच २२ प्रतिशतको अन्तर देखिएको हो । यस्तो अन्तर समग्र दक्षिण एशियामा भने १५ प्रतिशत रहेको छ ।
इन्टरनेटमा पहुँच बनाउन र डिजिटल कारोबारका लागि आवश्यक मोबाइल फोन र सिमकार्डको स्वामित्वमा रहेको लैङ्गिक असमानताका कारण यस्तो अन्तर देखिएको प्रतिवदेनमा उल्लेख छ ।
नेपालमा डिजिटल कारोबारको पूर्ण लाभ सबै समुदायले बराबर रूपमा लिन नसकेको पनि प्रतिवेदनमा उल्लेख छ । नेपालमा आफ्नै नाममा सिमकार्ड नहुने दूरसञ्चार ग्राहकको सङ्ख्या ४० प्रतिशतभन्दा बढी देखिएको र... पूरा समाचार पढ्नुहोस

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
काठमाण्डौ । गएको भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति भएको तथ्याँक

सरकारले ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट
काठमाण्डौ । सरकारले आउँदो आर्थिक वर्ष २०८२र८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । उपप्रधान एवम्अ र्थमन्त्री विष्णुप्रसाद

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर तीन रुपैयाँले घट्यो
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको





प्रतिकृया दिनुहोस