राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक पदका लागि विज्ञापन आह्वान
काठमाण्डौ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक पदका लागि विज्ञापन आह्वान भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबार मुख्य प्रशिक्षक पदका लागि विज्ञापन आह्वान गरेको हो ।
इच्छुक तथा योग्य उम्मेदवारले ३० दिनभित्र आवेदन दिन सक्नेछन् । करारमा नियुक्त हुने प्रशिक्षकले प्रो–लाइसेन्स हासिल गरेको हुनुपर्नेछ ।
गएको कात्तिकमा म्याट रसले राजीनामा दिएपछि नेपालले एन्फाका टेक्निकल डाइरेक्टर हरि खड्काको प्रशिक्षणमा मलेशियासँग एएफसी एशियन कप छनोट खेलेको थियो । तर फिफा र एएफसीका प्रतियोगिता खेल्न अनिवार्य प्रो–लाइसेन्स प्रशिक्षक चाहिने भएकाले एन्फाले विज्ञापन आह्वान गरेको हो ।

भारतलाई हराउँदै एकदिवसीय शृंखला न्युजिल्यान्डले जित्यो
काठमाण्डौ । न्युजिल्यान्डले तेस्रो तथा अन्तिम खेलमा भारतलाई ४१ रनले हराउँदै एकदिवसीय शृंखला जितेको छ । न्युजिल्यान्डले २–१ ले शृंखला आफ्नो

रोहित कुमार पौडेलको कप्तानीमा टप इण्ड सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा
काठमाण्डौ । अस्ट्रेलियामा अर्को हप्ता शुरू हुने टप इण्ड टी– २० सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले

त्रिदेशीय टी–२० शृङ्खलामा न्युजिल्यान्डको लगातार चौथो जीत
काठमाण्डौ । न्युजिल्यान्डले जिम्बाब्वेमा चलिरहेको त्रिदेशीय टी–२० शृङ्खलामा लगातार चौथो जीत निकालेको छ । हिजो न्युजिल्यान्डले घरेलु टोली





प्रतिकृया दिनुहोस