समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक (सूचीसहित)

unn.prixa.net

काठमाण्डौ । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दलबाट पेश भएका समानुपातिक तर्फका तीन हजार २ सय १३ जना उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ ।

 

५७ वटा चुनाव चिह्नमा ६३ राजनीतिक दलबाट पेश भएका तीन हजार २ सय १३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ । बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने कुनै मतदाताले आजदेखि आउँदो १० गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेभित्र आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दाबी विरोध गर्न आयोगले आग्रह गरेको छ ।

 

दाबी विरोधका लागि निर्देशिकाबमोजिम निर्धारित ढाँचामा उजुरी गर्न सकिने पनि आयोगले जनाएको छ ।

 

सूची हेर्न यहाँ Click गर्नुहोस् ।

प्रतिकृया दिनुहोस
SITENAME

निर्वाचन आचारसंहिता लागू, के गर्न पाइन्छ ? के गर्न पाईंदैन ?

काठमाण्डौ । निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

SITENAME

जनसंख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन

काठमाडौं । निर्वाचन आयोगले जनसंख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र,

SITENAME

सरकार र नवयुवाका प्रतिनिधिबीच भएको सम्झौताको मुलभूत विशेषता

काठमाण्डौ । जेनजी अर्थात नवयुवाको प्रदर्शनका क्रममा उठाएका मुलभूत मुद्दा मागहरू समयमै कार्यान्वयन गर्दै लैजाने सन्दर्भमा नेपाल सरकार र नवयुवाका