निर्वाचन आचारसंहिता लागू, के गर्न पाइन्छ ? के गर्न पाईंदैन ?

काठमाण्डौ । निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।
यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।
साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।
निर्वाचन आचारसंहितामा भएको व्यवस्था यस्तो छ, आचारसंहिता हेर्न यहाँ Click गर्नुहोस् । :

समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक (सूचीसहित)
काठमाण्डौ । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दलबाट पेश भएका समानुपातिक तर्फका तीन हजार २ सय १३ जना

जनसंख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन
काठमाडौं । निर्वाचन आयोगले जनसंख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र,

सरकार र नवयुवाका प्रतिनिधिबीच भएको सम्झौताको मुलभूत विशेषता
काठमाण्डौ । जेनजी अर्थात नवयुवाको प्रदर्शनका क्रममा उठाएका मुलभूत मुद्दा मागहरू समयमै कार्यान्वयन गर्दै लैजाने सन्दर्भमा नेपाल सरकार र नवयुवाका





प्रतिकृया दिनुहोस