भारतलाई हराउँदै एकदिवसीय शृंखला न्युजिल्यान्डले जित्यो

काठमाण्डौ । न्युजिल्यान्डले तेस्रो तथा अन्तिम खेलमा भारतलाई ४१ रनले हराउँदै एकदिवसीय शृंखला जितेको छ । न्युजिल्यान्डले २–१ ले शृंखला आफ्नो पक्षमा पारेको हो ।
इन्दौरमा हिजो भएको खेलमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ३७ रन बनायो । न्युजिल्यान्डका ड्यारिल मिचेलले १ सय ३७ रन र ग्लेन फिलिप्सले १ सय ६ रनको शतकीय पारी खेले । मिचेलले १ सय ३१ बलमा १५ चौका र ३ छक्का प्रहार गरे । यस्तै, फिलिप्सले ८८ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।
भारतका विराट कोहलीले उत्कृष्ट ब्याटिङ गर्दै १ सय ८ बलमा १० चौका र ३ छक्का सहित १ सय २४ रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । हर्षित राणाले ४३ बलमा ४ छक्का र ५ चौका सहित ५२ रन जोडे ।
अन्त्यमा भारत ४६ ओभरमा २ सय ९६ रनमा अलआउट भयो । न्युजिल्यान्डले पहिलो पटक भारतलाई उसकै मैदानमा एकदिवसीय शृंखला जितेको हो ।

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक पदका लागि विज्ञापन आह्वान
काठमाण्डौ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक पदका लागि विज्ञापन आह्वान भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबार मुख्य

रोहित कुमार पौडेलको कप्तानीमा टप इण्ड सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा
काठमाण्डौ । अस्ट्रेलियामा अर्को हप्ता शुरू हुने टप इण्ड टी– २० सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले

त्रिदेशीय टी–२० शृङ्खलामा न्युजिल्यान्डको लगातार चौथो जीत
काठमाण्डौ । न्युजिल्यान्डले जिम्बाब्वेमा चलिरहेको त्रिदेशीय टी–२० शृङ्खलामा लगातार चौथो जीत निकालेको छ । हिजो न्युजिल्यान्डले घरेलु टोली





प्रतिकृया दिनुहोस