हुलाकी सडक : जग्गाको मुआब्जा वितरण कार्यमा ढिलाई भएको भन्दै जग्गाधनीको गुनासो
संवाददाता, नेपालगंज
२० जेठ २०७९ ।
नेपालगंज बघौडा जोडने हुलाकी सडक निर्माणका क्रममा सडकमा परेको जग्गाको मुआब्जा वितरण कार्यमा ढिलाई भएको भन्दै जग्गाधनीहरुले गुनासो गरेका छन । लालपुर्जा (जग्गाधनी प्रमाण पत्र) भएको जग्गालाई बीचबाट काटेर कालोपत्रे सडक निर्माण गरेर सवारी आवागमन शुरु भईसकेको छ ।
तर आफुहरुले पाउनु पर्ने क्षतिपूर्ति बापतको मुआब्जा रकम समयमा नपाउँदा समस्या भएको जग्गाधनी रबीकान्त रस्तोगीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालगंज २२ मा मात्रै १२ जना भन्दा बढीले जग्गाको मुआब्जा पाउन बाँकी छ, बीचमा सडक छ, वरीपरी बाँकी रहेको जग्गा समेत न प्रयोग गर्न सकिएको छ, न त विक्री गर्न नै । लालपुर्जा सबै बुझाएका छौं । मूल्याकंन समितिले निर्णय गरे अनुसार छिटो मुआब्जा दिए हुन्थ्यो । अर्थमन्त्रालय सम्म हाम्रो पहुँच छैन । बुझ्दा फाइल पुरा भएपछि बजेट माग गरेर दिन्छौं भन्छन ।’

यता हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजले भने मुआब्जा वितरणको कार्य कार्यालयको प्रक्रियामै रहेको बताएको छ ।
रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्ज सगँ कुराकानी गर्दै कार्यालयका इन्जिनियर सूचना अधिकारी राम सागर हरिजनले माग गरेजति सरकारले बजेट पठाउन नसक्दा केही ठाउँमा मुआब्जा वितरणको काममा ढिलाई भएको बताउनुभयो ।
कार्यालयबाट गएका फाइलहरु माथि माथिल्लो तहका निकायबाट प्राथामिकता नदिईदाँ मुआब्जाको बजेट आफूहरु कहाँ कम आउने गरेको उहाँको भनाई छ । नेपालगंज बघौडा सडकको मर्मत, संम्भार अवधि २०७९ साउनमा सकिएपछि हुलाकी सडक हस्तान्तरणको प्रक्रियामा जानेछ ।

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
काठमाण्डौ । गएको भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति भएको तथ्याँक

नेपालमा डिजिटल कारोबारमा महिलाको सहभागिता न्यून
काठमाण्डौ । नेपालमा ५८ प्रतिशत पुरुष र ३६ प्रतिशत महिलाले डिजिटल कारोबार गर्ने गरेको पाइएको छ । विश्व बैंकले हिजो सार्वजनिक गरेको प्रतिवेदन

सरकारले ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट
काठमाण्डौ । सरकारले आउँदो आर्थिक वर्ष २०८२र८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । उपप्रधान एवम्अ र्थमन्त्री विष्णुप्रसाद





प्रतिकृया दिनुहोस