अन्तर्वार्ता : नारायण डाँगी, डिएसपी

सुरक्षा भनेको समुदायको सहयोग बिना संम्भव हुर्दैन ।

-Photo : Radio Morning Star 90 MHz.

बाँकेमा स्थानीय प्रहरी प्रशासन समक्ष केही महिना यता डाँका चोरी, लुटपाट, हत्या, कुटपिट लगायतका घटना दर्ता हुने क्रम बढेको छ । आम सर्वसाधारणले आफनो सम्पत्ती र जीउज्यानको असुरक्षा बढेको महसुस गर्न थालेका छन । ग्रामिण क्षेत्रमा त, झन एक किसिमको डर, त्रास नै फैलिएको छ । यता प्रहरी भने आर्थिक बिषय सँग जोडिएका अपराध रोक्न समुदायको सहयोग जरुरी रहेको बताउने गर्छ । उसो भए के अब सर्वसाधारणहरुले पनि आफनो सुरक्षाका लागि सानातिना हातहतियार राखेर बस्नुपर्ने अवस्था आएको हो ? कि कसो हो ? पत्रकार प्रेम विश्वकर्माले यही प्रश्न सहित सुरक्षा र अपराधका बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरिक्षक (डिएसपी) तथा सूचना अधिकारी नारायण डाँगी सँग संवाद गर्नुभएको छ । 


प्रस्तुत छ, अन्तर्वार्ताको सम्पादित अंश :

 

 

१. डाँका चोरी, लुटपाटका घटनाबाट बच्नको लागि के गर्न सकिन्छ ? प्रहरीलाई अनुसन्धानमा सर्वसाधारणले कसरी सघाउन सक्छन् ?

 

बाँके तराईको जिल्ला हो । त्यसमा पनि तुलनात्मक रुपमा जोखिम भएको जिल्ला हो । खुल्ला सिमा नाका, धेरै समूह, सम्प्रदाय, समुदायको बसोबास भएको, एउटा ब्यापारिक केन्द्र पनि भएको हुनाले जोखिमयुक्त ठाउँ हो । त्यही कारणले पनि चोरी लगायतका आर्थिक बिषयसँग जोडिएका अपराध, ठगीका घटनाहरु तुलनात्मक रुपमा अलि धेरै नै हामीले पनि पाएका छौं । र प्रहरीले पनि त्यसलाई प्राथामिकताका साथ रोकथाम गर्ने, त्यस्तो हुन नदिने, यदी भईंहालेमा अनुसन्धान गर्ने कार्यलाई हामीले प्राथामिकताका साथ अगाडी बढाएका छौं । र समुदायबाट पनि यसलाई न्यूनिकरण गर्न, हुन नदिनको लागि प्रहरी र समुदायको एउटा सहकार्य अत्यन्तै आवाश्यक छ । सुरक्षा भनेको समुदायको सहयोग बिना संम्भव हुर्दैन । समुदाय र प्रहरी संग–सगैं मिलेर यसको रोकथामको लागि अगाडी बढ्नुपर्छ । 

 

 

२. घटना भईंरहेको अवस्था वा देखेको अवस्थामा के गर्ने ? के नगर्ने ?

 

सबैभन्दा पहिले त, पूर्व सुरक्षा सजकता अत्यन्तै आवाश्यकता हुन्छ । हामी बाटोमा हिँड्दा कसरी हिँड्ने ? मानिसहरुलाई भेट्दा कसरी भेट्ने ? को लाई भेट्ने ? को लाई नभेट्ने ? आफनो र पराई (नचिनेको) मान्छे चिन्नुपर्छ । आफनो सम्पत्तिको सुरक्षा, शरीरको सुरक्षाको लागि आफु पहिले सजक हुनैपर्छ । त्यसको लागि के गर्ने भन्दा, जस्तो एक्लै घरमा रहँदा सुरक्षित बस्ने, घरबाट बाहिर जाँदा घरको ढोकाहरु सुरक्षित बनाएर राख्ने, आफनो थैलीको मुख बन्द गरेपछि अरुलाई दोष लगाउने अवस्था पनि त सिर्जना हुर्दैन, भन्ने कुराहरु हामी सबैले मनन गर्नुपर्छ । र त्यस्तो गर्दा–गर्दै पनि चुनौति, असुरक्षा हुन्छ । त्यो अवस्थामा हामी संग–सगैं छौं । त्यसको सूचनाहरु, हुन सक्ने गतिविधि, ठाउँका बारेमा आम जनता, समुदायले हामीलाईं जानकारी दिनुभयो भने ति क्षेत्रहरुमा हामी सुरक्षा बढाउँछौं । र त्यस्ता घटनाहरु हुन नदिने गरी कारबाही प्रक्रिया अगाडी बढाउँछौं ।

 


३. चालु आर्थिक बर्षको फागुन महिना यता मात्रै पनि ठुला डाँका चोरी, लुटपाट र हत्याका घटना घटे ? यहाँहरुले अनुसन्धान भईंरहेको पनि भन्नुहुन्छ ? तर पनि पीडितहरुले न्याय नपाएको भनेर गुनासो गरिरहेका छन ? एसपीको चर्को आलोचना सगैं भर्खरै सरुवा पनि भयो ? यो बिषयमा तपाई पनि जानकार हुनुहुन्छ ? यसलाई कसरी लिनुभएको छ ?

 

यो सरुवा, आलोचना छुट्टै बिषय हो । यसमा म धेरै बोलिन । विभागीय नीति निर्देशन अनुसार सरुवा, बढुवा लगायतका कामहरु हुन्छन् । त्यसलाई हामीले फरक रुपमा लिनु हुर्दैन । र त्यो बाहेक एक, दुई वटा त्यस्ता घटनाहरु घटेका छन । तत्कालको अवस्थामा घटनाको समाधान, निष्कर्षमा पुग्न सकिएको छैन । भन्नुको अर्थ यो होइन की, पत्ता लागेकै छैन । पत्ता लाग्दैन, भन्ने होइन । अनुसन्धानका क्रममा अनुसन्धान कि त हन्ड्रेड (१००) प्रतिशत हुन्छ, कि त जिरो (०) नै हुन्छ । अनुसन्धानमा भईंरहेका कुराहरुलाई हामीले धेरै बाहिर निकाल्न पनि त्यसरी मिल्दैन । अनुसन्धान जारी छ । सफल भईंयो भने, हन्ड्रेड (१००) प्रतिशत सफल भईंन्छ । भएन भने जिरो (०) नै रहने हो । त्यसो भएकाले यसमा समुदायको सहयोग, सूचना आवाश्यक छ । हामी यसमा अत्यन्तै जिम्मेवार र गम्भिर भएर लागि रहेका छौं । हामी मिलेर नै यो समाजलाई सुरक्षित बनाउने हो । 

 

 

४. अब प्रहरी २४ सैं घण्टा सुरक्षाको लागि खटि रहनुभएको छ ? तै पनि समाजमा अलिकति असुरक्षा, डर, त्रास बढ्दै गएपछि सर्वसाधारणहरुले पनि आफनो सुरक्षाका लागि सानातिना, हातहतियार राखेर बस्नुपर्ने अवस्था आएको हो ? कि कसो ?

 

त्यो होइन, त्यसलाई त्यसरी बुझ्न हुर्दैन । सुरक्षा भनेको एउटा अनुभुत गर्ने बिषय पनि हो । भित्र सुरक्षाको अनुभुति भएन भने बाहिर पनि महसुस गर्न सकिर्दैन । त्यो महसुस गर्ने गरी सुरक्षा चाहाने अवस्था, ल्याउने भनेको समुदाय र प्रहरी मिलेर गर्ने हो । आवाश्यकता पर्छ भने, हाम्रो मातहतमा विभिन्न प्रहरी चौकीहरु छन । प्रहरी युनिटहरु जिल्लाभरी छन । हामी समुदाय स्तरमा समुदाय संग नै समन्वय गरेर बसिरहेका हुन्छौं । मिलेर त्यस्तो सामुदायिक गस्तीहरु पनि गरिरहेका हुन्छौं । समुदाय सँगै मिलेर सामुदायिक गस्तीहरु गर्न सकिन्छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत हामी सँग–सगैं त्यस्ता सचेतना, रोकथामका कामहरु गरिरहेका छौं । सँग–सगैं गर्नुपर्छ, समुदाय छुट्टैं अब डिफेनसिप (प्रतिरक्षा) गर्ने भनेर बस्ने, प्रहरीले छुट्टैं गर्ने भन्ने बिषय होइन । मिलेर गर्ने बिषय हो यो ।

 


५. अब अन्त्यमा, २०८० फागुन महिना यताकै घटनालाई आधार मानेर हेर्दा पनि, प्रहरी समयमा घटना स्थलसम्म पुग्न नसकेको भन्ने छ ? धेरैले थाहा पाएको १०० नम्बरमा फोन गर्दा पनि फोन नउठ्ने, प्रहरीले घटनास्थल पत्ता लगाउन नसक्ने गुनासो आईरहेको छ ? सबै सर्वसाधारण सँग प्रहरीका उच्च अधिकारीको सम्पर्क पनि हुर्दैन ? छिटोछरितो, सञ्चारको माध्यम के हुन सक्छ ? अथवा के उपाय अपनाउन सकिन्छ ?

 

हाम्रो १०० नम्बरमा तत्काल फोन उठ्छ । कुन अवस्थामा कहिले उठेन, त्यो अर्को फरक बिषय होला । यो सजिलै पहुँच हुने सम्पर्क नम्बर हो । त्यो बाहेक पनि मेरो नम्बर पनि छ, सूचना अधिकारीकै नम्बर छ, ९८५८०२३९२२, कार्यालय प्रमुखको ९८५८०५५५५५, प्रहरी सञ्चार ९८५८०९०९५५, प्रहरी परिचालन कक्ष ९८५८०९०११० नम्बर पनि २४ सैं घण्टा उपलब्ध छ । मातहत युनिट ईंन्चार्जहरुको नम्बर पनि २४ सैं घण्टा उठ्छ । त्यसमा तत्काल फोन गर्न सक्नुहुन्छ । नगर क्षेत्रमा हाम्रो मोबाइल, क्आिरटी टिम छ, हाम्रो प्रहरी टोली सूचना पाएको समयले तत्काल नगर क्षेत्रमा १० मिनेट भित्रमै पहुँच हुने गरी परिचालन हुन्छौं । अलि ग्रामिण, टाढाको ठाउँमा बाटोको म्यादले थोरै समय लाग्न सक्छ । त्यसैलाई अस्वाभाविक पनि मान्न सकिर्दैंन । तर हाम्रो प्रयास चाँही तत्काल पहुँच पु¥याउने, तत्काल घटना स्थलमा पुग्ने, दोषि उपर कानूनी कारबाही अगाडी बढाउने नै हो । यसमा हामी सबै मिलेर सगैं जानुपर्छ ।

 

 

२६ चैत २०८० मा प्रकाशित ।

 

 

यो पनि पढनुहोस ।


 

प्रतिकृया दिनुहोस
SITENAME

बर्खे धान खेती विशेष

  झरना उपाध्याय प्राविधिक अधिकृत, बीउ उत्पादन, बाली प्रजनन, कृषि अनुसन्धान निर्देशनालय, लुम्विनी प्रदेश, खजुरा, बाँके ।   धान नेपालीहरुको

SITENAME

पासपोर्ट बनाउन चाहिने कागजपत्र हेर्नुहोस । PDF फाइलसहित

संवाददाता २० चैत २०८० ।   विद्युतीय राहदानी (e–Passport) सम्बन्धी जानकारीमूलक पुस्तिका २०७९ हेर्न यो लिंक खोल्नुहोस । e–Passport

SITENAME

भूकम्प र रुकुमपश्चिम, जाजरकोटका लागि एक अवसर

१७ कात्तिक २०८० यता कर्णाली प्रदेशको जाजरकोट र रुकुमपश्चिम दुख, पीडामा छन । करिब मध्यरातीमा गएको भूकम्पले मानवीय सगैं ठुलो भौतिक क्षति गराएको छ