सरकारले ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

काठमाण्डौ । सरकारले आउँदो आर्थिक वर्ष २०८२र८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । उपप्रधान एवम्अ र्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको आय–व्ययको अनुमान पेश गर्नुभएको हो ।

 

आउँदो आर्थिक वर्षको बजेटमा चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव १ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २० दशमलव ८ प्रतिशत र वित्तीय व्यवस्थापमा ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव १ प्रतिशत विनियोजन भएको छ ।

 

आउँदो आर्थिक वर्षको व्ययको अनुमान चालू आर्थिक वर्षको विनियोजनको तुलनामा ५ दशमलव ६ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८ दशमलव २ प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदेश र पालिकाका लागि वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

 

आउँदो आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड रुपैयाँ उठाइने अनुमान गरिएको छ । बाँकी ५ खर्ब ९५ अर्ब ६६ अर्ब रुपैयाँ बराबर न्यून हुनेछ । त्यसका लागि आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब र बाह्य ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ व्यहोरिने अर्थमन्त्री पौडेलले बताउनुभयो । – उज्यालो

प्रतिकृया दिनुहोस
SITENAME

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

काठमाण्डौ । गएको भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति भएको तथ्याँक

SITENAME

नेपालमा डिजिटल कारोबारमा महिलाको सहभागिता न्यून

काठमाण्डौ । नेपालमा ५८ प्रतिशत पुरुष र ३६ प्रतिशत महिलाले डिजिटल कारोबार गर्ने गरेको पाइएको छ ।   विश्व बैंकले हिजो सार्वजनिक गरेको प्रतिवेदन

SITENAME

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर तीन रुपैयाँले घट्यो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको