भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

unn.prixa.net

काठमाण्डौ । गएको भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति भएको तथ्याँक सार्वजनिक भएको छ ।

 

क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा ३६ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले हिजो प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाएको प्रतिवेदनमा भौतिक संरचनाअन्तर्गत दुई हजार १ सय ६८ सङ्घसंस्था तथा निकाय प्रभावित भएको उल्लेख छ ।

 

आन्दोलनका क्रममा सातै प्रदेशमा ५४ वटा जिल्ला र २ सय ६२ पालिकामा क्षति भएको थियो । प्रतिवेदनअनुसार १२ हजार ६ सय ५९ वटा गाडी क्षति हुँदा १२ अर्ब ९३ लाख ६१ हजार रुपैयाँ बराबरको नोक्सान हुनुकासाथै सरकारीरसार्वजनिक क्षेत्रको ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।


पूरा समाचार पढ्नुहोस् 

प्रतिकृया दिनुहोस
SITENAME

नेपालमा डिजिटल कारोबारमा महिलाको सहभागिता न्यून

काठमाण्डौ । नेपालमा ५८ प्रतिशत पुरुष र ३६ प्रतिशत महिलाले डिजिटल कारोबार गर्ने गरेको पाइएको छ ।   विश्व बैंकले हिजो सार्वजनिक गरेको प्रतिवेदन

SITENAME

सरकारले ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

काठमाण्डौ । सरकारले आउँदो आर्थिक वर्ष २०८२र८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । उपप्रधान एवम्अ र्थमन्त्री विष्णुप्रसाद

SITENAME

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर तीन रुपैयाँले घट्यो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको