सिण्डिकेट लादेको आरोपमा अटो रिक्सा ब्यवासायिका नाइकेहरु पक्राउ

७ बर्ष कैद र ७० हजार रुपैयाँ सम्म जरिबाना अथवा दुबै सजाए हुन सक्ने कानुनी ब्यवस्था

सम्बाददाता, मैनापोखर, बर्दिया
०३ पौष २०७५ ।

बर्दियामा सिण्डिकेट लाद्ने अटो रिक्सा ब्यवासायिका नाइकेलाई नियन्त्रणमा लिई प्रहरीले सार्वजनिक गरेको छ । भोलागौडीबाट बढैयाताल गाउँपालिका अन्तरगत पर्ने वडा नम्बर १ र २ मा सवारी बोक्ने पेट्रोलवाला अटो रिक्सा ब्यवासायिले सिण्डिकेट लादेको आरोपमा यही पौष १ गते इलाका प्रहरी कार्यालय मैनापोखरले उनीहरुलाई पक्राउ गरेको थियो ।

 

पक्राउ परेका ब्यक्तिहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । जसमा बढैयाताल गाउँपालिका वडा नम्बर ३ का कुमार बराल, रामबहादुर क्षेत्री, बिजय मगर, सोम बहादुर पाण्डे, अमर बहादुर क्षेत्री, वडा नम्बर २ का रिम बहादुर महतारा रहेका छन ।

 

नयाँ अटो रिक्सा चलाउन रुट प्रमिट नदिने र रुट प्रमिटको  लागि ५ हजार रुपैयाँ देखि १० हजार रुपैयाँ सम्म शुरुमै जम्मा गर्नु पर्ने र शुरुवात देखि नै चलाउदै आएका अटो ब्यवासायिबाट पनि दैनिक एक सय रुपैयाँ उठाउदै आएको भन्ने पिडित पक्षको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरिक्षक लक्ष्मण ओलीले जानकारी दिनुभयो ।

 

नेपाल सरकारले सिण्डिकेट प्रथाको अन्त्य गरेको अवस्थामा पनि गैर कानुनी रुपमा यस्तो कार्य गरेको ठहर भएमा पक्राउ परेका अटो रिक्सा ब्यवासायिहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २५३ को अपराधीक लाभ अनुसार ७ बर्ष कैद र ७० हजार रुपैयाँ सम्म जरिबाना अथवा दुबै सजाए हुन सक्ने कानुनी ब्यवस्था छ । 

–स्थानिय पत्रकार दल बहादुर सुनारको सहयोगमा 

प्रतिकृया दिनुहोस
SITENAME

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

काठमाण्डौ । गएको भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति भएको तथ्याँक

SITENAME

नेपालमा डिजिटल कारोबारमा महिलाको सहभागिता न्यून

काठमाण्डौ । नेपालमा ५८ प्रतिशत पुरुष र ३६ प्रतिशत महिलाले डिजिटल कारोबार गर्ने गरेको पाइएको छ ।   विश्व बैंकले हिजो सार्वजनिक गरेको प्रतिवेदन

SITENAME

सरकारले ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

काठमाण्डौ । सरकारले आउँदो आर्थिक वर्ष २०८२र८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । उपप्रधान एवम्अ र्थमन्त्री विष्णुप्रसाद