जीउ बक्सिस माग्दा पनि डाँकाले दिएनन 

-Photo : ३१ बर्षिया सविता राजवंशी (कठरिया), मृतक सन्तोष कठरियाको श्रीमति ।

प्रेम विश्वकर्मा, बाँके 
०८ चैत २०८० ।

 

‘घटना स्थलमा पुगेपछि प्रहरीले सोधपुछ गर्न थाल्यो, सोधपुछ गर्नुभन्दा पनि ढिला आउनुभएको छ । मेरो सरको अवस्था यस्तो गंम्भिर छ, पहिले अस्पताल लग्नु । त्यसपछि जे–जस्तो देखेको छु, त्यही अनुसार बयान दियौंला भनेपछि, हुन्छ भनेर प्रहरीले मेरो सरलाई नर्सिङ्ग होम अस्पताल लिनुभयो । तर घटना भएको करिब २ घण्टा पछि उपचारकै क्रममा सरको ज्यान गयो । मलाई पनि एकदम टाउको दुखेर चक्कर लागिरहेको थियो । सुरक्षाकर्मीलाई समेत चिन्न नसक्ने भईसकेको थिएँ । रातभरी युनिफर्म ड्रेसमै प्रहरीले घटना स्थलमा सुरक्षा दिनुभयो । त्यसदिन प्रहरी चाँडै पुगेको भए, मेरो सर बाँच्नुहुन्थ्यो । तर प्रहरीले अझ मलाई लोकेसन राम्रो दिनुभएन, भनेर उल्टो दोष दिईरहनुभयो । बराम्बर सही लोकेसन दिँदा पनि प्रहरीले लोकेसन नै थाहा पाईराखे छैनौं भनेर ढिलासुस्ती गर्नुभयो । घटनास्थलमा जानलाई लोकेसन थाहा नभएको नयाँ प्रहरीलाई खटाएको रहेछ ।’ सविताले भन्नुभयो ।

 

कुकुर एकदम एकैछिन नरोकेरै जोर–जोरले भुक्न थाल्यो । घरको छतमा बसेको कुकुर भुक्दै, तल माथि, यता उता गर्न थाल्यो । घडीको सुईंले रातीको ११ बजेर ३३ मिनेट गएको जनाउ दिईरहेको थियो । 

 

३१ बर्षिया सविता राजवंशी (कठरिया) भन्नुहुन्छ्, ‘भर्खर सुतेका थियौं, निदाएका थिएनौं, सरको परीक्षा आईरहेको थियो । सरले शिक्षक सेवा आयोग मावि तह परीक्षाको तयारी पनि गरिरहनुभएको थियो । त्यसैको तयारी गर्नको लागि अलि ढिला नै सुत्ने गरेका थियौं, हामी ।’

 

सविता थप्नुहुन्छ्, ‘नचिनेका मान्छे आउँदा हाम्रो कुकुर भुक्दै भाग्दै गर्छ । प्रायजसो, इन्द्रपुरका स्थानीय ब्यक्तिहरु आफनो खेतबारीको काम पछि हाम्रो घरमा सामान राख्न आउँथें । कहिले कंही त, घरकै आगँन छेउमै सुत्ने गर्थे । हामीले बिहान उठ्दा मात्रै थाहा पाउँथौं । हामीले उनीहरुलाई अब यता सामान नराख्नु, चोरी भएपछि हामीलाई दोष नदिनु भनेर पनि भन्थ्यौं । सामान राख्नेहरुले पनि चोरी त, हुर्दैन । यदी भईहाल्यो भने तपाईहरुलाई दोष लगाउर्दैनौं भन्थें । अनि सामान राख्थे ।’

 

२३ फागुन (बुधबार) २०८० का दिन जसरी–जसरी नचिनेका डाँका चोर नजिक आउँदै थिए, त्यसरी–त्यसरी कुकुर पनि जोर–जोरले भुक्दै, भाग्दै गर्न थाल्यो । सगैं बसेका श्रीमान सन्तोष कठरियाले, को मान्छे आएछ भन्नुभयोे । त्यसपछि श्रीमान सन्तोष र श्रीमति सविता जुरुक्क उठेर झ्यालबाट हेर्नुभयो । केही पुरुष मान्छे एकलाइन सँग घरतिरै आईरहेको दुबैजनाले देख्नुभयो । त्यसपछि सन्तोषले ति मान्छेहरुको हिँडाई, हुलिया देखेर झ्यालबाटै हिन्दी भाषामा भन्नुभयोे, ‘ए को हो ? यति राती अर्कोको घरमा चोर जस्तै किन आउँनुहुन्छ ? सामान राख्न आए पनि मान्छेलाई बोलाउनुपर्ने ? चोरी गर्ने जस्तै गरी तपाईहरु त चुपचाप आईरहनुभएको छ ? यसरी त अर्कोको घरमा पस्न त, मिल्र्दैन । म फोन गरेर पुलिसलाई बोलाउँछु ।’ त्यो सुनेपछि घरतिर आउँदै गरेका अपरिचित मान्छेहरुले भने, ‘अहिले पुलिसलाई बोला, हामी डाँका हो, डाँका मार्न आएछौं ।’ त्यतिकैमा सन्तोषले झ्यालको पर्दा झ्याप्प लगाउनुभयो, र प्रहरीलाई १०० नम्बरमा फोन हान्नुभयोे । 

 

  • फोटो : डाँका, चोरी लुटपाट भएको घर ।

 

सविता भन्नुहुन्छ्, ‘मैले भने, को मान्छे रहेछन्, ? सन्तोषले भन्नुभयोे, हाम्रो घरमा डाँका परिहाले । अब पुलिसलाई फोन गरेर बोलाउनु पर्यो भन्न नपाउँदै, घरको ग्यालरीमा डाँका, चोरहरु पुगीसकेछन् । ढोका खोल भनेर उनीहरु भन्ने थाले । सरले प्रहरीलाई फोन लगाउर्दै हामी दुबैजना मिलेर ढोकालाई बन्द गर्न लागौं । डर एकदमै बढ्यो, अर्काे कोठामा बहिनीहरु थिए । उनीहरुलाई पनि जे परेपनि ढोका नखोल्नु भनिसकेकी थिएँ । तिनीहरु पाँच–छ जना थिए, हामीहरु दुई जना मात्रै । ढोका हल्लाउँदै डाँका, चोरहरुले पेस्तोल ढोकाबाट छिराउँन थाले । हिन्दी भाषामा ढोका खोल, नत्र पेस्तोल चलाईदिन्छौंं भन्ने लागे । त्यतिबेलै हाम्रो होस उडीसक्यो, बाँच्दैनौं जस्तो लागि रहेको थियो । लठ्ठीहरु थियो तिनीहरु सँग त्यही घुँसाउँर्दै–घुँसाउर्दै डाँका चोरले हाम्रो ढोका खोल्न लागे । सरले भन्नुभयो, अब छोड्दिम, यिनीहरु हामीलाई छोड्दैनन । जे–जे हुन्छ, लुटेर लग्छन्, हामी त बाँच्छौं भन्नुभयो, मैले नाई, डाँका हुन, डाँका त, मान्छेलाई पिट्छन, नखोलम, पुलिसलाई फोन गर्नु, यता ढोका थामि राखौं, त्यतिबेला सम्म त, पुलिस आईंहाल्छन भने ।’

 


सविता थप्नुहुन्छ्, ‘त्यतिकैमा डाँका, चोरले ढोका फोडेर कोठामा पसीहाले । ढोका खोल्न नदिने यही हो भन्दै कोठामा पस्ने बित्तिकै मलाई दुई–तीन झाआपट हाने । अनि तँ पुलिसलाई फोन गर्ने भन्दै मेरो सरलाई दम्मादम पिट्न लागे । अनि सरले मैले पुलिसलाई फोन हानेको छैन, रिसिव नै भएको छैन, नपत्ताए, मेरो मोबाइल, कल डिटेल हेर्नुहोस भन्नुभयो । त्यसपछि डाँकाले सरको मोबाइल राखीहाले । अनि सरलाई पिट्न लागे । त्यसपछि मेरो सर र म दुबै जना हात जोडेर भनेयौं, चोरी, डकैती गर्न आउनुभएको छ, जे –जे सामान छ, लिनुहोस, हामीलाई बचाईदिनुहोस । तर उनीहरुले हिन्दी भाषामा छोड्ने होइन, यिनीहरुलाई मार्दे–मार्दे भन्थे । अनि मेरो सरले नाईं हामीलाई बक्सिस देउ–बक्सिस देउ, बचाई देउ भनिराख्नुभएको थियो । 

 


केहीले हामीलाई कुटपिट गर्दै थिए, केहीले दराज खोलेर सामानहरु सबै झिके । बेडको ओछ्यान पनि सबै तल झारिदिए । पैसा कत्ति थियो, त्यो सबै लगे । म छोरालाई बचाउँन खोजे, मेरो सर थच्चक्क भुईंमा बस्नुभएको थियो, कतिबेला जोड्ले हानेछन्, थाहा नै पाईंन । मेरो कान काट्ने भनीरहेका थिए, कानमा सुनको जुली र नाकमा फुली थियो । मेरो सरले झिकेर देउ, केही हुदंैन भन्नुभयो, मैले कानको जुली सट्ट–सट्ट तोडेर तिनीहरुको हातमा फालिदिए, सुनको सिक्री लेए भन्दै मेरो घाँटीमा, छातीमा छाम्दै थिए, कतै लुकाई की भनेर, मैले केही छैन, सिक्री लगाउर्दैन भने । नाकको फुली कतिबेला तानेछन, थाहा नै पाईंन । डाँकाले सरको पर्स मागे, सरले केही छैन, भन्नुभयो, फेरी मैले दिनुहोस, केही नभएपनि भने, डाँकालाई सरले पर्स दिनुभयो, त्यसपछि म पनि सरसगैं बसे ।’

 


लामो सास लिईंदै सविता थप्नुहुन्छ्, ‘पछि कतिबेला फेरी मेरो सरलाई जोड्ले हानेछन, मैले थाहा पाईंन, मेरो टाउकोबाट रगत बग्न थाल्यो । त्यसपछि मैले बल्ल आफुलाई पनि जोड्ले कुटपिट गरेको रहेछन्, भनेर थाहा पाएँ । त्यसपछि ए टाउकोमा हान्दिए, म मरें भनेर कराउन थाले । टाउकोबाट बगीरहेको रगतलाई हातले रोक्न खोजे, त्यही हातमा लागेको रगत डाँका चोरहरुकै कपडा, शरीरमा पुछिदिए । फेरी मलाई कुटे, हाम्रोमा रगत लगाई भनेर डाँकाहरुले । मेरो सर होसमा हुनुहुन्थेन । सरको बोली बन्द भईंसकेको थियो, त्यतिबेला सम्म पनि डाँकाहरुले छोडेनन । फरवाको उल्टो पट्टीको भागबाट फेरी सरलाई पिट्न लागेका थिए, मैले दुई–तीन पटक रोके । अनि म रुन लागे, त्यसपछि तिनीहरु केही छैन, भन्दै कोठाबाट गए । एक जना घुमी–घुमी आउँथ्यो, अरुले छोड्थे भनेपछि त्यो पनि गयो ।’ 

 


नेपालगंज स्थित स्थानीय गाउँ भृकुटीनगरमा डेरा (कोठा भाडा) मा बस्दै आएको सविताको परिवार सानो टिनको घर बनाएर १ बर्ष अघि ११ फागुन २०७९ मा जानकी गाउँपालिका वडा नम्बर ३ इन्द्रपुरमा बसाई सरेको थियो । आफ्नै जग्गा भएकाले यो बिचमा घरपरिवारको सल्लाहमै अलि ठुलो एकतले घर बनाउनुभयो । र टिनको घरबाट नयाँ बनेको घरमा सरेको १ महिना पनि बितेको छैन । सविता भन्नुहुन्छ्, ‘यस ठाउँमा आएदेखी सानो सिन्का समेत चोरी भएको थिए । एक्कासी यतिठुलो डाँका चोरी, लुटपाट भयो । मुखमा माक्स, पट्टि केही पनि नलगाएर आएका डाँकाहरुले बोल्न त दिईं रहेको थिएन, कहाँबाट भाग्न पाउँनु । डाँकाहरुको मुख (फेस) त मञ्जाले देखें तर चिन्न सकिनँ ।’

 

  • फोटो : जिल्ला प्रहरी कार्यालय बाँके भएको स्थान र डाँका चोरी लुटपाट भएको घरतिर जाने सडक ।

 

सविता थप्नुहुन्छ्, ‘डाँका चोर कोठामा पस्नु भन्दा पहिले नै १०० नम्बर, प्रहरीलाई फोन लगाईं सकेथ्यौं । तर प्रहरी घटना भएको एक, डेढ घण्टा पछि बल्ल पुग्यो ।’ घटना स्थल देखी जिल्ला प्रहरी कार्यालय बाँके करिब ३ किलोमिटर टाढाको दुरीमा पर्छ । र नेपालगंज गुलरिया सडक देखी घटना स्थल सम्मको दुरी करिब ७ सय मिटर टाढा पर्छ । 

 


‘घटना स्थलमा पुगेपछि प्रहरीले सोधपुछ गर्न थाल्यो, सोधपुछ गर्नुभन्दा पनि ढिला आउनुभएको छ । मेरो सरको अवस्था यस्तो गंम्भिर छ, पहिले अस्पताल लग्नु । त्यसपछि जे–जस्तो देखेको छु, त्यही अनुसार बयान दियौंला भनेपछि, हुन्छ भनेर प्रहरीले मेरो सरलाई नर्सिङ्ग होम अस्पताल लिनुभयो । तर घटना भएको करिब २ घण्टा पछि उपचारकै क्रममा सरको ज्यान गयो । मलाई पनि एकदम टाउको दुखेर चक्कर लागिरहेको थियो । सुरक्षाकर्मीलाई समेत चिन्न नसक्ने भईसकेको थिएँ । रातभरी युनिफर्म ड्रेसमै प्रहरीले घटना स्थलमा सुरक्षा दिनुभयो । त्यसदिन प्रहरी चाँडै पुगेको भए, मेरो सर बाँच्नुहुन्थ्यो । तर प्रहरीले अझ मलाई लोकेसन राम्रो दिनुभएन, भनेर उल्टो दोष दिईरहनुभयो । बराम्बर सही लोकेसन दिँदा पनि प्रहरीले लोकेसन नै थाहा पाईराखे छैनौं भनेर ढिलासुस्ती गर्नुभयो । घटनास्थलमा जानलाई लोकेसन थाहा नभएको नयाँ प्रहरीलाई खटाएको रहेछ ।’ सविताले भन्नुभयो ।

 

  • फोटो : असोक चौधरी, मृतक सन्तोष कठरियाको मृत्यु सर्टिफिकेट।


घटना भएको दोस्रो दिन रातीमा सुरक्षाको लागि आसवासन दिएका प्रहरी सँग सुरक्षाकर्मी पठाईदिन अनुरोध गरेपनि प्रहरीले ‘ल–ल हुन्छ, सुरक्षा गार्ड दिन्छौं, चिन्ता नलिनु’ भने पनि सुरक्षाकर्मी नपठाएको सविताको गुनासो छ । उहाँ भन्नुहुन्छ्, ‘एकदमै असुरक्षित महसुस भईरहेको छ, अहिले जसलाई देखे पनि त्यही घटनामा आएका डाँका, चोर जस्तै लाग्छ । मेरो छोरा पनि डर त्रासले रातभरी सुत्र्दैन ।’

 

  • फोटो असोक चौधरी, : मृतक सन्तोष कठरिया, आफन्तहरु शवलाई कैलाली स्थित घरमा लैजादै ।

 

डाँका चोरहरुको निर्घात कुटपिटबाट घाईंते हुनुभएका ४० बर्षिय सन्तोष कठरियालाई अस्पताल लगिए पनि ज्यान भने बच्न सकेन । उहाँको पुरानो घर
घर भने कैलाली जिल्लाको जोसीपुर गाउँपालिका वडा नम्बर ३ हो । २ भाई, ३ बहिनी मध्ये सन्तोष घरको जेठो छोरा हुनुहुन्थ्यो । 

 


सन्तोषले बर्दियाको गेरुवा गाउँपालिका निवासी सविता राजवंशी सँग प्रेम विवाह गर्नुभएको हो । मृतक सन्तोष अग्रेंजी बिषयका शिक्षक समेत हुनुहुन्थ्यो । उहाँले कर्णाली प्रदेशको मुगु जिल्लामा केही बर्ष पढाउनुभयो । त्यहाँबाट राजिनामा दिएर ४ मंसिर २०७९ मा कैलालीबाट सुदुरपश्चिम प्रदेश सभा सदस्यका लागि स्वतन्त्रबाट चुनाव लड्नुभयो । चुनावमा असफल भएपछि उहाँले फेरी बाँकेको कोहलपुरमा आएर पढाउन शुरु गर्नुभयो । पछिल्लो समय भने उहाँले पढाउन छोडेर शिक्षक सेवा आयोगको परीक्षाको तयारी मात्रै गरिरहनुभएको थियो ।

 

 

सुरक्षा गोष्ठि र डाँका, चोरी, लुटपाटका घटना :

 

१० र ११ फागुन २०८०, बाँकेको नेपालगंजमा लुम्विनी प्रदेश स्तरिय सुरक्षा गोष्ठि आयोजना गरिएको थियो । जसमा पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयका गृहमन्त्री सन्तोष कुमार पाण्डेय र लुम्बिनी प्रदेशका प्रमुख सचिव राधिका अर्याल, गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेना युद्दकार्य विभागका उपरथी प्रेमध्वज अधिकारी, राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, गृह मन्त्रालयका पदाधिकारीहरू, नेपाली सेनाका प्रतिनिधि, लुम्बिनी प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, प्रदेश अन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागीता थियो । 

 


सुरक्षा गोष्ठि सकिएको दुई साता पनि नबित्दै नेपालगंज उपमहानगरपालिका सँग सिमा जोडिएको जानकी गाउँपालिकामा डाँका, चोरी, लुटपाटको घटनामा परी एक जना सर्वसाधारणले अकालमै ज्यान गुमाउनु पर्यो । डाँका, चोरी लुटपाटको घटना भएको दुई साता वितिसकेकोे छ । तर दोषिलाई कानुनी कारबाही हुन सकेको छैन । प्रहरीले भने हालसम्म घटना अनुसन्धानकै क्रममा रहेको जवाफ दिने गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्क विवरण अनुसार चालु आर्थिक बर्ष २०८०-०८१ को फागुन मसान्त सम्म यस्ता डाँका, चोरी लुटपाटका ३ वटा घटना दर्ता भएका छन । डाँका, चोरी, लुटपाटको घटनामा ५ जना पक्राउ परेका छन । तर सन्तोष कठरियाले ज्यान गुमाएको डाँका, चोरी, लुटपाटको घटनामा समलग्न कोही पनि ब्यक्ति अहिलेसम्म पक्राउ पर्न नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

 


गत आर्थिक बर्ष २०७९-०८० भने डाँका, चोरी लुटपाटका ५ वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँके अपराध शाखाको अभिलेखमा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस
SITENAME

बर्खे धान खेती विशेष

  झरना उपाध्याय प्राविधिक अधिकृत, बीउ उत्पादन, बाली प्रजनन, कृषि अनुसन्धान निर्देशनालय, लुम्विनी प्रदेश, खजुरा, बाँके ।   धान नेपालीहरुको

SITENAME

अन्तर्वार्ता : नारायण डाँगी, डिएसपी

बाँकेमा स्थानीय प्रहरी प्रशासन समक्ष केही महिना यता डाँका चोरी, लुटपाट, हत्या, कुटपिट लगायतका घटना दर्ता हुने क्रम बढेको छ । आम सर्वसाधारणले आफनो

SITENAME

पासपोर्ट बनाउन चाहिने कागजपत्र हेर्नुहोस । PDF फाइलसहित

संवाददाता २० चैत २०८० ।   विद्युतीय राहदानी (e–Passport) सम्बन्धी जानकारीमूलक पुस्तिका २०७९ हेर्न यो लिंक खोल्नुहोस । e–Passport